पहिलो पटक भारतीय प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुराकानी

३ भाद्र २०७६, मंगलवार ०४:०३ मा प्रकाशित
उज्यालो संवाददाता

जम्मू–कश्मीरबाट धारा ३७० हटाइएपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग कुराकानी भएको छ ।

कुराकानीमा मोदीले पाकिस्तान र इमरान खानको नाम नलिइकनै उनीमाथि तनाव फैलाएको आरोप लगाए ।

मोदीले क्षेत्रीय स्थितीबारे कुरा गर्दै भने, ‘केही नेता भारतविरुद्ध हिंस्रक भड्किलो बयानबाजी गरिरहेका छन् जुन इलाकाको शान्तिका लागि फाइदाजनक छैन ।’

मोदी र ट्रम्पबीच त्यस्तो बेला कुराकानी भएको छ जब हालै ह्वाइट हाउसले ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच कुराकानी भएको र त्यसमा ट्रम्पले उनलाई इस्लामाबाद र नयाँ दिल्लीसँग कुराकानी गर्न सल्लाह दिएको छ ।

शुक्रबार ह्वाइट हाउसको बयानपछि पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले पाकिस्तानी प्रधानमन्त्रीले कश्मीरमा भएको हालैका घटनाबारे आफ्नो चिन्ता र क्षेत्रीय शान्तिको खतराबाट अमेरिकी राष्ट्रपतिलाई अवगत गराएको जानकारी दिएका थिए । एजेन्सी


सामाजिक संजालवाट साभार