दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुन्छः मन्त्री भट्टराई

३० श्रावण २०७६, बिहीबार ०७:४२ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौँ । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । दीक्षित ९७ वर्षको उमेरमा आज (विहिबार) निधन भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको इतिहासका साक्षी दीक्षितको निधन प्रति दुःख व्यक्त गर्दै मन्त्री भट्टराईले उहाँको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जनकारी दिएका छन् ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

२००७ साल अघिको जहानीयाँ राणा शासन विरोधी आन्दोलन तथा पञ्चायत विरोधी प्रजातान्त्रिक आन्दोलनमा स्व। मदनमणि दीक्षितले खेल्नु भएको भूमिका सदा स्मरणीय छ,’ विज्ञप्तिमा मन्त्री भट्टराईले भनेका छन्, ‘नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक नेता स्व। पुष्पलालको नेतृत्वमा कम्यूनिष्ट आन्दोलनको विस्तारमा उहाँको सक्रियता हाम्रा लागि प्रेरणादायी रहिरहने छ ।’

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ ।

उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो ।


सामाजिक संजालवाट साभार