विद्युद प्राधिकरणको वार्षिक ७ अर्ब २० करोड नाफा

२८ श्रावण २०७६, मंगलवार ११:१६ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ । एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको हो ।

मंगलबार सिंहदरबारमा उर्जा जलश्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले पत्रकार सम्मेलन गरी नाफ कमाएको जनाउदै प्राधिकरणले साँवा, व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको जनकारी दिएको छ ।

गत आर्थिक वर्षमा विद्युत चुहावट १५ दशमलव ३२ प्रतिशत कायम भएको छ । जुन अघिल्लो आर्थिक वर्षको विद्युत चुहावट २० दशमलव ४५ प्रतिशतले भन्दा ५ दशमलव १३ प्रतिशतले कम हो ।

कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा २०७३ प्रवेश गरेको थियो । उनी प्रधिकरणमा प्रवेश गर्दा बार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर प्रधिकरणमा भएको यस घाटालाई सुधार गर्दै सो नाफा कमाएको हो ।


सामाजिक संजालवाट साभार