इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

२७ श्रावण २०७६, सोमबार ०४:४५ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले न्यूक्यासललाई हराउँदै विजयी सुरुवात गरेको छ । आर्सनलको जितमा पियर इमरिक अबामियाङको गोल निर्णायक साबित भयो ।

आइतबार भएको खेलमा आर्सनलले न्यूक्यासललाई १-० गोल अन्तरले हराएको हो । सेन्ट जेम्स पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर ५८ औं मिनेटमा आर्सनलका लागि अबामियाङले गोल गरे ।

आर्सनलका प्रशिक्षक युनाई इमरीले निकोलास पेपे र ड्यानी सेबायसलाई डेब्यू गराएका थिए । तर दुबैको पहिलो खेलमा आफ्नो प्रभाव छाड्न सकेनन् ।


सामाजिक संजालवाट साभार