कस्मिर घट्नाबारे मेरो धारणा

२४ श्रावण २०७६, शुक्रबार ०८:३१ मा प्रकाशित
उज्यालो संवाददाता

कस्मिरमा भारतीयहरू आफ्नो विचाराधाराअनुसार काम गरे। उनीहरूले आफ्नो मुलुकको संविधानको विरोधमा गए। आफ्नो सर्वोच्च अदालत र कस्मिरको उच्च अदालतको आदेशविरूद्ध गए। उनीहरू संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका १७ संकल्प प्रस्तावविरूद्ध गए। राष्ट्रसंघको महासभाको संकल्पको विरोधमा गए। सिमला सम्झौताको विरोधमा गए।

कस्मिरको विशेष मान्यता खारेज गरेर उनीहरूले जे फैसला गरेका छन्, त्यसबाट उनीहरू जम्मु कस्मिरको जनसंख्या बदल्न चाहन्छन्। जनसंख्या बदल्नु जेनेभा घोषणापत्रको विरूद्ध हो। यसलाई युद्ध अपराध मानिन्छ। उनीहरूले सबै अन्तर्राष्ट्रिय कानुन र आफ्नो देशको कानुन उनीहरूले उल्लंघन गरेका छन्। आफ्नो विचारको लागि अर्को विचारको विरोधमा गइरहेका छन्।

सबैभन्दा पहिला बुझ्नुपर्छ कि यो मुद्दा हो के? यो यतिमात्र होइन की उनीहरू फैसला गरेर हिँडे। यिनीहरूले कानुन पास गरे। कस्मिर कब्जा गरिदिए। अब प्रश्न यो उठ्छ- के अब कस्मिरका मानिसहरूमाथि जो पहिलेदेखि नै (खास गरी पछिल्लो पाँच वर्षदेखि) यातना र अत्याचार भएका छन्। जुन आजादीका लागि उनीहरू संघर्ष गरिरहेका छन्। के अब यो कानुनका कारण उनीहरू अब हाम्रो संघर्ष सकियो भनेर फैसला गर्नेछन्? हामी गुलाम बन्न तयार भयौं भन्नेछन्?

यसले त अझ नयाँ गति समात्छ। अर्को लेभलमा जान्छ। मैले राष्ट्रपति ट्रम्पसँग भनेको थिएँ- तपाईं ठूलो हुनुहुन्छ यसमा मध्यस्तता गर्नुस्। मैले त्यो किन भनेको थिएँ भने हाम्रो द्वीपक्षीय वार्ता फेल भइसकेका थिए। हुँदैनथे।

यो यसकारण हामी सबैले बुझ्नु पर्छ कि यो एकदमै गम्भीर मुद्दा बनिसक्यो। यसको निकै गम्भीर अर्थ छ। पहिलो, उनीहरू (भाजपा सरकार) ले पाँच सालदेखि गर्दै आएका छन्। जुन उनीहरूको विचारधारा हो। अब उनीहरूले कस्मिरको आजादीको आन्दोलनलाई अझ बढी दबाउने छन्। किनकी उनीहरू कस्मिरीलाई आफू समानका मानिस ठान्दैनन्। यो जातीवादी विचारधारा हो। यदि कस्मिरीलाई उनीहरू आफूजस्तै बराबर मानिस सम्झछन् भने कुनै प्रजातान्त्रिक प्रक्रियाबाट कोशिश गर्ने थिए। कुनै अभियान थाल्थे। केही गरी मानिसहरूलाई आफ्नो पक्षमा ल्याउँथे तर उनीहरू अहिले माइट इज राइट भनेर शक्ति प्रयोग गरिरहेका छन्।

उनीहरू कस्मिरीलाई समाप्त पार्न कोशिश गर्नेछन्। त्यसपछि पुलवामामा भएजस्ता घटनाहरू हुनेछन्। म आजै भनिदिन्छु, त्यसपछि उनीहरूले त्यही गर्नेछन्। जे पहिला गरेका थिए। पाकिस्तानबाट आतंकवादी आयो भन्नेछन्। सबैलाई थाहा छ कि पुलवामा हमलामा पाकिस्तानको कुनै लेनादेना थिएन। त्यो उनीहरूलाई पनि थाहा छ।

जब उनीहरूले कस्मिरीले दबाउँछन्, धेरै दु:ख दिन्छन्। त्यस्ता हमला धेरै हुन्छन्। म यो आजै भन्दिन्छु। यिनीहरूलाई अर्को एउटा कुरा पनि गर्नुछ। कस्मिरमा जातीय नरसंहार गर्नुछ। त्यहाँका मानिसहरूलाई निकालेर अरूको त्यहाँ अरूको बहुमत बनाउनु छ। जब भारतले यी सबै कुरा गर्नेछ। र पाकिस्तानलाई आरोप लगाउने छ। यसको एकदमै गम्भीर परिणाम हुनेछ।

पुलवामापछि जब भारतले आफ्नो जहाज पठाएर बालाकोटमा बम हान्यो। बिहान तीन/साढे तीन बजे हामीहरूबीच कुराकानी भयो। कुराकानीमा सेना प्रमुख, वायु सेना प्रमुख थिए। त्यतिबेला हामी सोचिरहेका थियौं-के कोही मानिसहरू मारिए। कुनै पाकिस्तानीको हत्या भयो।

जब हामीले अहिलेसम्म कुनै हताहती भएको छैन। तब हामीले फैसला गर्‍यौं-हामी पनि अर्को दिन त्यही गर्नेछौं जो अघिल्लो दिन उनीहरूले गरेका थिए। तर त्यतिबेला हाम्रोमा हताहती भएको भए हाम्रो वायु सेनाले पनि उनीहरूको ठाउँको निशानालाई लकिङ गरेको थियो। पुलवामापछि पटक-पटक मैले भारतलाई भनिरहेको छु- दुई आणविक शक्ति यस्तो खतरा मोल्न सक्दैनन्। हामी आफ्नो मुद्दा वार्ताबाट हल गरौं।

मैले आज पनि भनिरहेको छु- जब त्यस्तो परिस्थिति आउँछ त्यो कसैको नियन्त्रणमा हुनेछैन। उनीहरूको जुन माइन्ड सेट छ त्यसभित्र हरेक जातिवादीमा देखिनजस्तो दम्भ देखिन्छ। अमेरिका र अरू बाहिरी देशमा मान्छेलाई आएर गोली हानिदिने जो गोरा श्रेष्ठतावादी छन् यो त्यस्तै एक अजीव माइन्डसेट हो। यिनीहरू जातीय विशिष्टतामा विश्वास गर्छन्।

यही दम्भमा उनीहरूले यस्तो गर्न सक्छन्। उनीहरूलाई फेरि आजाद कस्मिरमा केही गर्नुछ। जब उनीहरूको दमनपछि पुलवामाजस्ता घटना हुन्छन्। उनीहरू एक्सन लिन्छन्। हामीहरू त्यसको जवाफ दिन्छौं। यो हुनै सक्दैन कि भारतले पाकिस्तानमा आक्रमण गर्छ तर हामी जवाफ दिन्नौं। हामी जवाफ दिन्छौं। त्यसपछि के हुन्छ?

लडाइँ अझ अघि बढ्छ। उनीहरू पनि जवाफ दिन्छन्। हामीहरू पनि फेरि जवाफ दिन्छौं। त्यसपछि के हुन्छ? परम्परागत हतियारको युद्ध हुन सक्छ।परम्परागत हतियारको युद्ध भएपछि के होला?

दुई परिणाम आउन सक्छन्। त्यो हाम्रो पक्षमा पनि जान सक्छ हाम्रो विरोधमा पनि। यदि उनीहरू हाम्राविरूद्ध अझ अगाडि गए भने मैले पहिला पनि यही संसदमा भनेको थिएँ, हामीसँग दुई बाटा हुनेछन्।

एक बहादुर साह जफर र अर्को टिपु सुल्तानको बाटो। एक बाटो जुनमा हामी हात उठाएर हार स्वीकार गर्नेछौं।

अर्को बाटो टिपु सुल्तानको। हामी रगतको अन्तिम थोपा रहेसम्म हामी लड्ने छौं।

म हाम्रा नागरिकलाई जान्दछु। मुसलमान इमानवाला मानिस हुन्, मृत्युसँग डराउँदैनन्। आफ्ना खुदालाई खुसी गर्न उनीहरू मानवियतालाई ध्यान दिन्छन्। तर उनीहरू डराएर फैसला गर्दैनन्।

हामी शान्तिका लागि प्रयास किन गर्छौं भने हामीलाई मान्छेको चिन्ता छ। तर मेरो प्रश्न छ-यदि हामी आफ्नो रगतको अन्तिम थोपा रहुञ्जेल लड्यौं भने त्यो कस्तो लडाइँ हुनेछ?

त्यो यस्तो लडाइँ हुने छ जुन कसैले जित्न सक्दैन। सबै हार्छन्। त्यसको प्रभाव दुनियाँभर हुन्छ।

अर्को प्रश्न पनि उठ्छ- यो सब भनेर के न्यूक्लियर ब्ल्याक मेल गरिरहेको छु?

म न्यूक्लियर ब्ल्याकमेल होइन कमन सेन्सको अपिल गरिरहेको छु।

होप फर द बेस्ट, बी प्रिपेड फर द वर्स्ट (सबैभन्दा राम्रो हुन्छ भन्ने आशा गर, सबैभन्दा नराम्रोका लागि तयार होऊ)। के दुनियाँ सबैभन्दा खराबका लागि तयार छ?

यदि उनीहरूले दोस्रो बाटो समाते भने दुनियाँ यसका लागि तयार छ?

यो दुनियाँले कदम चाल्ने समय हो।

त्यसैले हामी संसारलाई आग्रह गर्छौं- एक मुलुक जसले अन्धाधुन्ध अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाइरहेको छ। जसलाई कुनै फिक्री छैन। किनकी उसलाई थाहा छ कि -पहिला के भएको थियो।

जब उनीहरू कस्मिरीलाई दु:ख दिइरहेका थिए। अचेल एक दुई वटा मानव अधिकारसम्बन्धी रिपोर्ट आए। पहिला त ती पनि आउँदैनथे। उनीहरूलाई कसैले केही भनेन।

त्यसबाट उनीहरूलाई हौसला मिल्यो, दुनियाँ केही भन्दैन अघि बढौं।

त्यसैले उनीहरूले अहिलेको कदम चाले। अब पनि दुनियाँले केही गरेन भने म भनिरहेको छु कि यसको परिणाम गम्भीर छ। उनीहरू अझ अघि जानेछन्। त्यहाँ जानेछन् जहाँ सबैलाई नोक्सान हुनेछ। जो कोही सोच्न पनि सक्दैन।

म अहिलेको समयलाई त्यो काल ठान्छु जतिबेला एउटा ठूलो जातीय शासन थियो। त्यो हिटलरको जर्मनी थियो। नाजी पार्टी थियो। जे यिनीहरूले गरे त्यो नाजी पार्टी गर्थ्यो।

म चुनावको रिपोर्ट पढिरहेको थिएँ- चुनावमा यिनीहरूको पार्टी त्यो हर्कत गरेको छ जुन नाजी पार्टी गर्थ्यो। उनीहरूले हिन्दुस्तानको प्रतिपक्षीलाई भित्तामा पुर्‍याइदिएका छन्।

किनकी उनीहरूले नतिजा नियन्त्रण गर्न हरेक कुरा गरेका छन्। ठूल्ठूला स्वतन्त्रा सेनानी महात्मा गान्धी र जहवारलाल नेहरूको धर्मनिरपेक्षतालाई उनीहरू हिर्काइरहेका छन्।

यो त्यस्तो सोच र विचारधारा हो जसले महात्मा गान्धीको हत्या गर्‍यो। यो त्यस्तोखाले विचारधारा हो जसलाई यदि अहिले नरोक्ने हो भने हिटलरका विरूद्ध एक्सन नलिएर त्यतिबेला उनलाई खुसी पारेजस्तो गर्ने भन्ने हो।

यदि दुनियाँले आज कदम नचालेर जो तथाकथित विकसित दुनियाँ छ जसले आफूले बनाएका मान्यताहरूलाई बचाउँदैन भने त्यसपछि कुरा कहाँ जाला?

यो सारा दुनियाँलाई नोक्सान गर्ने दिशातिर गइरहेको छ।

म यो वाचा गर्छु कि हामी हरेक फोरममा यो लडाइँ लड्ने छौं। हामी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमार्फत अन्तर्राष्ट्रिय अपराध अदालतमा कसरी जान सकिन्छ भन्ने अध्ययन गरिरहेका छौं।

राष्ट्र संघीय महासभामा यो कुरा उठाउने छौं। राष्ट्राध्यक्षसँग कुरा गर्नेछौं। सञ्चारमाध्यममा उठाउने छौं। दुनियाँलाई भन्नेछौं -आजको आधुनिक पश्चिमा संसारले जुन मान्यताहरूलाई अवलम्बन गर्छ, त्यो भारतमा सकिँदैछ। कस्मिरलाई दु:ख हुँदा दुनियाँ बोलिरहेको छैन। तर यसबाट दुनियाँलाई नोक्सान हुनेछ।

कस्मिरको आन्दोलन एक संसदीय विधेयकबाट अन्त्य हुन सक्दैन। कस्मिरीहरूको साथमा पाकिस्तानमात्र होइन पूरा मुस्लिम दुनियाँ छ। मानिसहरूलाई अहिले कस्मिरको वास्तविकता थाहा छैन। म र मेरो पार्टी सबै ठाउँमा गएर भन्नेछौं- कस्मिरमा र पूरा भारतमा अल्पसंख्यकमाथि अन्याय भइरहेको छ।

दुनियाँलाई थाहा छैन अहिले कस्मिरमा के भइरहेको छ। हाम्रो काम हो यो सब दुनियाँलाई भन्ने। तपाईंहरू हामीलाई न्युक्लियर ब्ल्याक मेल नगर भन्नुहुन्छ तर यदि तपाईंले यसलाई ध्यान दिएर हेरिरहनु भएको छ भने यो विनासतिर गइरहेको छ। कि त उनीहरूले यो सोच्नु पर्‍यो कि हामीहरूले भाजपा सरकारको जातीय श्रेष्ठता स्वीकार गर्छौं। त्यो त हामी मान्नेवाला छैनौं।

अर्को बाटो त लडाइँको हो। म फेरि पनि भन्छु त्यो लडाइँको असर हाम्रो उपमहाद्वीपमा मात्र होइन सबैतिर हुन्छ। दुनियाँभर हुन्छ।

(पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार त्यहाँको संसदको संयुक्त बैठकमा राखेको मन्तव्यको सम्पादित अंश)


सामाजिक संजालवाट साभार