अध्यापन अनुमति पत्रको परिक्षा मिति तोकियो, गलत उत्तरको २० प्रतिशत अंक कट्टा गरिने

२४ श्रावण २०७६, शुक्रबार ०४:३३ मा प्रकाशित
उज्यालो संवाददाता

भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको परिक्षा मिति तय गरेको छ । आयोगले एक सुचना जारी गर्दै अध्यापन अनुमति पत्रको मिति तयर गरेको हो । तय भएको मिति अनुसार परिक्षा बिहान ८ बजेबाट शुरु हुनेछ ।

सुचना अनुसार प्राथमिक तहको परिक्षा आगामी असोज ०९ गते हुनेछ । त्यसैगरी माध्यमिक तहको असोज १० र निम्न माध्यमिक तहको असोज ११ गते हुनेछ ।

आयोगले यसपटक प्रत्येक गलत वस्तुगत उत्तरको २० प्रतिशत अंक कट्टा गरिने भएको छ । यससँगै परिक्षामा अनिवार्य रुपमा कालो मसी प्रयोग गर्नुपर्नेछ । परिक्षाको समय ३ घण्टाको छ । जसमा ४० मिनेटभित्र वस्तुगत् प्रश्नको उत्तर अनिवार्य रुपमा दिनुपर्नेछ ।


सामाजिक संजालवाट साभार