खाली पेटमा मन तातो पानी पिउनाले यस्ता रोगहरु निको हुन्छ

२३ श्रावण २०७६, बिहीबार ००:५३ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । पानी हाम्रो जीवनको लागि अत्याबश्यक चिज हो । हामीले पानी पिउदा ठीक समय र ठीक मात्रा पानी पिउनाले निकै फाईदाजनक हुन्छ । स्वस्थ रहन दैनिक ५ लिटर पानी पिउनु जरुरी छ । यसले हामीलाई धेरै थरी रोग लाग्नबाट बचाउँछ ।तर, बिहान उठ्ने वित्तिकै भने मन तातो पानीबाट सुरुवात गर्नु स्वास्थ्यका लागि धेरै लाभ हुने गर्दछ ।

यस्ता छन् खाली पेटमा मन तातो पानी पिउनु का फाईदा

छाला चमक हुन्छ – दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउदा छालालाई स्वस्थ बनाउछ । अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउछ ।

कपाल स्वस्थ बनाउछ – मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।
पेटका विकार हटाउँछः मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।

पेटको दर्द हराउँछ – नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ ।
कब्जियतबाट मुक्तः नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ ।

शरिरको तौल घट्छ – दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ ।
संक्रमणबाट बचाउँछः मनतातो पानी पिउदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ ।

एसिडिटीबाट बचाउँछ- नियमित मनतातो पानी पिउदा शरिरमा एसिडिटिको सम्भावना हुदैन ।


सामाजिक संजालवाट साभार