प्रदेश २ मा उपनिर्वाचन हुने, १० पद रिक्त

२२ श्रावण २०७६, बुधबार ११:२४ मा प्रकाशित
उज्यालो संवाददाता

वीरगञ्ज । प्रदेश दुईका सात जिल्लामा रिक्त रहेका १० जनप्रतिनिधिका लागि आगामी मंसीर १४ गते हुने उपनिर्वाचन हुने भएको छ ।

उपनिर्वाचन हुने प्रदेश–२ का स्थानीय तहमा महोतरी जिल्लाको पिपरा गाउँपालिकामा अध्यक्ष, मटिहानी नगरपालिका–६ मा वडाध्यक्ष, बलवा नगरपालिका–२ र ८ मा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

यस्तै सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा वडाध्यक्ष, रौतहटको गढीमाई नगरपालिका–२ मा वडाध्यक्ष, बाराको बारागढी गाउँपालिका–१ मा वडाध्यक्ष, पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा वडाध्यक्ष, सिराहाको कल्याणपुर नगरपालिका–१२ मा वडाध्यक्ष र सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

देश दुईका धनुष बहेक अन्य जिल्लाका विभिन्न स्थानीय तहमा १० वटा जनप्रतिनिधि पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ।


सामाजिक संजालवाट साभार