गोकुलेश्वर कलेजमा राजनीतिक संगठन र स्ववियु खारेज, स्ववियु सभापतिको आपत्ती

१० श्रावण २०७६, शुक्रबार ०८:०१ मा प्रकाशित
उज्यालो संवाददाता

बैतडी । बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ, संगठनहरूले शैक्षिक वातावरणलाई अशान्त पार्ने भएका कारण कलेजमा दर्ता रहेका राजनीतिक संघ, संगठन र स्ववियु खारेज गरेको जनाएको छ ।

कलेजले स्ववियु भित्रका कुनै विद्यार्थीसँग छलफल नै नगरेर विज्ञप्ती जारी गरेको भन्दै कलेजका स्ववियु सभापति राजेन्द बमले आपत्ती जनाएका छन् । गत शुक्रवार (साउन ३ गते) गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज प्रमुख परमानन्द जोशीले विज्ञप्ती जारी गर्दै खारेज गरेको जनाएको थियो ।


सामाजिक संजालवाट साभार