सरकारी गाडीमा आगजानी, विप्लव समुहले गरेको अनुमान

१० श्रावण २०७६, शुक्रबार ०७:३६ मा प्रकाशित
उज्यालो संवाददाता

नवलपरासी । विहिबार राति सरकारी गाडीमा आगजनी भएको छ । नवलपुर जिल्ला अदालतका श्रेष्तेदार सारदा दत्त बडु चढ्ने गोडीमा आगजनी भएको नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन् ।

आफु बस्दै आएको घरनजिकै बा २ झ ३५०२ नम्बरको गाडी पार्किङमा थियो । गाडीमा विप्लव समुहले आगो लागाएको अनुमान गरिए पनि पर्टीले भने जिम्मा लिएको छैन । घटनाबारे प्रहरिले अनुसन्धान अगाडि बढाएको जनकारी गराएको छ ।


सामाजिक संजालवाट साभार