काँकडभिट्टा नाकामा नेविसंघको प्रदर्शन

९ श्रावण २०७६, बिहीबार १३:५६ मा प्रकाशित
उज्यालो संवाददाता

झापा । नेपाल विद्यार्थी संघ (नेविसंघ) झापाले पूर्वी काँकडभिट्टा  नाकामा प्रदर्शन गरेको छ । विहीबार नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको नेतृत्वको टोलीले भारतबाट आउने विषादीयुक्त तरकारी तथा फलफूल चेकजाँच गरेर मात्र नेपाल भित्र्याउन माग गर्दै प्रदर्शन गरेको हो ।

विषादीयुक्त तरकारी तथा फलफूल चेकजाँचबारे सरकार आफूले गरेको निर्यणबाट पछि हटेपछि सर्वोच्चले चेकजाचको आदेश दिएको थियो। सर्वोच्च अदालको निर्णयलाई सरकारी पक्षले पटक–पटक बेवास्ता गरेपछि काँकडभिट्टा नाका मै प्रदर्शन गर्नुपरेको अध्यक्ष उप्रेतीको भनाइ थियो ।


सामाजिक संजालवाट साभार