बाटो अवरुद्ध भएपछि हेलिकोप्टरबाट राहत वितरण

९ श्रावण २०७६, बिहीबार १०:०० मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । लगातारको अविरल वर्षको कारण उदयपुर जिल्लाको निर्वाचन क्षेत्र-२ अन्तरगतको ताप्ली गाउँपालिका र लिम्चुइबुङ पुग्ने सडकखण्डा भत्केर अबरुद्ध भएपछि स्थानिय सरकार पहलमा उक्त क्षेत्रमा हेलिकप्टरबाट राहत पठाएको छ ।

पहिलो चरणमा दाल १८० किलो, चामल २ हजार १० किलो, तेल एक सय २० लिटर र नुन १ सय ५० किलो नेपाली सेनाको हेलिकप्टरबाट पठाएको हो । चार पटक गरेर लगिने सामग्रीमा चामल १९ हजार किलो, दाल ९५ किलो, पाँच सय लिटर तेल र ५ सय किलो नुन पठाएको प्रदेश सरकारका प्रवक्ता आन्तरिम ममिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले जानकारी उज्यालो नेटवर्कलाई जानकारी दिएको हो ।

उक्त क्षेत्रमा तत्काल बाटो खुलाउन सम्भावना नदेखेपछिप्रदेश १ सरकारको विपत्त व्यवस्थापन समितिको बैठकले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेका थिए ।


सामाजिक संजालवाट साभार