स्कूल विभाग नेतृत्व मलाई दिँदा न्यायोचित हुन्छ : घनश्याम भुसाल

९ श्रावण २०७६, बिहीबार १०:२० मा प्रकाशित
उज्यालो संवाददाता

बुटवल । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले ‘यदि पार्टी सामूहिक निर्णयबाट चल्ने हो, मैले गरेको योगदानको मूल्याँकन गर्ने हो र गुटगत स्वार्थभन्दा माथि उठ्ने हो भने स्कूल विभाग मलाई दिँदा न्यायोचित हुन्छ ।’ उहाँले बताउनु भयो ।

विहिबार लुम्बिनी प्रेस क्लबले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले आफू स्कूल विभाग सम्हाल्नका लागि योग्य नेता भएको बताउनु भयो ।

आफुले पार्टीको नीति र सिद्धान्तमा योदान गरेको जनाउँदै पार्टी प्रशिक्षण, माक्र्सवाद लगायत क्षेत्रमा आफूले पार्टी र स्कूल–स्कूलमा पढाउँदै हिँडेकाले यो विभाग आफूलाई दिँदा सबैलाई न्याय हुने बताए ।

अहिले स्कूल विभाग नेतृत्वको सम्बन्धमा नेकपामा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीचमा हुने भन्ने बारे विवाद चलिरहेको छ ।


सामाजिक संजालवाट साभार