गोरखाबाट ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद

९ श्रावण २०७६, बिहीबार ०७:५८ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं। गोरखाबाट अवैध १६ किलो सुन प्रहरीले  बरामद गरेको छ ।  गोरखाको प्रहरीले ओढारमा लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन बरामद गरेको हो ।

गोरखाको धार्चे गाउँपालिका ३ को खोर्लाबेशी बजारभन्दा एक किमीमथिको रहेको पहरोको ओडारमा लुकाइराखेको अवस्थामा प्रहरी बिहिबार विाहान बरामद गरेका हुन् ।

प्रहरीले चुमनुब्री गाउँपालिकाका धनकमल गुरुङलाई पक्राउ गरेपछि उनले सो लुकाइराखेको ठाँउ देखाएका थिए । अहिले बरामद गरिएको सुन र गुरुङलाई  जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको छ ।


सामाजिक संजालवाट साभार