बालविवाहलाई वाडाध्यक्षले दिए वैधानिकता

९ श्रावण २०७६, बिहीबार ०६:२९ मा प्रकाशित
उज्यालो संवाददाता

हुम्ला । हुम्ला सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिएको छ । सो गाँउपालिकाका १५ वर्ष सीता र १८ वर्षका पारसलाई वाडाध्यक्षले वैधानिकता दिएको हो ।

उनिहरु गत वैशाखमा परम्परागत विवाह भएको थियो । सो विवाहलाई वडाध्यक्ष रोकायाले वडा कार्यालयमा विवाह दर्ता गरी वैधानिक मान्यता दिएको स्थानीय स्वास्थ्य स्वयंसेविका जुना ऐडीले बताए । ।

सीता ऐडि श्रीकोट मावि रोडिकोटमा विद्यालय भर्नाअनुसार २०६१ माघ १० गते जन्मिएकी हुन् । नाबालिका ऐडीको विवाह भएको भनी वडा कार्यालयबाट विवाह दर्ताका साथै नागरिकताको सिफारिससमेत वडाध्यक्ष रोकायाले गरिदिए ।

अहिले पनि नेपालमा विभिन्न कारणले बालविवाहा गदै आएको छ । जन हिन्दु धर्मका मान्यता अनुसार महिलाको महिनवारी हुनुअगाडि विवाह गरेमा स्वर्गमा जान पाईने भन्ने अन्धविश्वासका कारण वालविवाहा गरेको पाइन्छ । हुम्लामा गरीबिका काणले पनि सानै उमेरमा विवाहा गदै आएको स्थानियले जानकारी दिएको छ ।


सामाजिक संजालवाट साभार