धादिङको बाझगाउँमा जीप दुर्घट्ना, ४ जनाको निधन, १० घाइते

६ असार २०७६, शुक्रबार ०८:३२ मा प्रकाशित
उज्यालो संवाददाता

लक्ष्मण लोप्चन/धादिङ ।
यहाँस्थित कार्कीगाउँबाट तरकारी बोकेर वैरेनीतर्फ आउँदै गरेको जीप दुर्घट्ना हुँदा ४ जनाको मृत्यु भएको छ । बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमा नै ४ जनाको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार दुर्घटनामा घाइते भएका १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई भने काठमाडौं पठाइएको उनले जानकारी दिए ।


सामाजिक संजालवाट साभार