सार्वजनिक मञ्चमा मेयर द्धारिकलाल चौधरीको सम्बोधन, ‘रण्डी जिन्दावाद’ (भिडियोसहित)

५ असार २०७६, बिहीबार ०४:४६ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । आफू भ्रष्टचारविरुद्धको अभियानमा रहेको भन्दै भ्रष्ट कर्मचारीलाई कालोमोसो दल्ने र आफूविरुद्ध प्रायोजित समाचार लेख्न पत्रकारको नाकको हड्डी भाँच्ने धम्की दिएर चर्चामा आएकार इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

सामाजिक विकृतिविरुद्धको अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाहरु उपस्थित भएकै ठाउँमा पटक–पटक ‘रण्डी जिन्दावाद’को नारा लगाउँदै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।

इटहरी–१६ लबिपुरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न कारण देखाउँदै ‘रण्डी जिन्दावाद’ को आपत्तिजनक नारा लगाएका हुन् ।
वडा नम्बर १६ र १७ को नागरिक समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा बढ्दो वेश्यावृत्ति रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम अयोजना गरिएको थियो ।

सम्बोधनका क्रममा उनले भनेका छन्, ‘इटहरी लबिपुर चोकलाई म भन्छु रण्डी जिन्दावाद,’ उनले भने, ‘यहाँ रण्डीको कारण कस्मेटिक पसल चल्दोरै’छ क्या ! घरभाडा पनि चल्दो रै’छ । दबाई दोकान पनि चल्दो रै’छ । मनोरन्जन गर्न रण्डी चाइया छ । घरभाडा लगाउन रण्डी चाइया छ । कण्डम बेच्न रण्डी चाइया छ । पिल्स बेच्न रण्डी चाइया छ । रण्डी जिन्दावाद !’

लबिपुर चोकमा वेश्यावृत्तिकै कारण अन्य विभिन्न पसल पनि सञ्चालन भएको तर कसैले केही नभनेको उनले बताए ।

मेयर चौधरीले गरेको सम्बोधनको भिडियो हेरौँ

HelloSarkarसामाजिक सञ्जाल बाट रातारात भगवान बनाईएका ईटहरीका मेयर,महिलाकै अगाडी छाती फुलाएर,मर्यादा भुलेर भासणमा भन्दै छन् l र**डी जिन्दावाद ll यी महासय लाई कानुन लाग्दैन ? एउटा जनप्रतिनिधि सार्वजनिक ठाउँमा यसरि भासणमै महिलाहरुको अपमान गर्दै हिड्न मिल्छ ? खोई कहाँ छन् महिला अधिकारवादी ?भिडियो :पुर्बेलि टि भि

Geplaatst door Bishnu Dhital op Woensdag 19 juni 2019


सामाजिक संजालवाट साभार