कांग्रेस सभापति देउवा भन्छन्, ‘सरकार भ्रष्टचारमा डुब्यो’

१९ जेष्ठ २०७६, आईतवार ०८:०५ मा प्रकाशित
उज्यालो संवाददाता

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको बताएका छन्

भैरहवामा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले भ्रष्टचारबाहेक अरु केही नगरेको बताएका हुन् । उनले वाइडबडी विमान खरिद, बुढिगण्डकी जलविद्युत आयोजना, बालुवाटार जग्गाकाण्डमा चरम भ्रष्टचार भएको दावी गरे । विदेशी सहयोग र अनुदानबाट आउने रकम पार्टीका कार्यकर्ता पोस्ने खालका कार्यक्रम वजेटमा आउनु पनि भ्रष्टाचार नै भएको देउवाको आरोप छ ।


सामाजिक संजालवाट साभार