‘कांग्रेस र कम्युनिष्ट भ्रष्टचार र कुशासनमा डुब्यो, विकल्प खोजौँ’

१७ जेष्ठ २०७६, शुक्रबार १३:०० मा प्रकाशित
उज्यालो संवाददाता

बुटवल । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस र कम्युनिष्ट दुवै भ्रष्टचार र कुशासनमा डुबेकाले विकल्प खोज्नुपर्ने बताएका छन् ।

भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालका कांग्रेस र कम्युनिस्ट पार्टीबाट समृद्धि र सुशासन सम्भव नभएकोले अब दुवैको विकल्प खोज्नुपर्ने बताएका हुन् । ‘कांग्रेस र कम्युनिष्ट दुवै कुशासन र भ्रष्टचारमा चुर्लुम्म डुब्यो, दुवै पार्टीको विकल्प खोजौँ ।’

‘कांग्रेस र कम्युनिस्टलाई विगतमा गरेको योगदानको यथोचित धन्यवाद दिंदै विश्राम दिनुपर्छ,’ भट्टराईले भैरहवामा पत्रकारसंग भने, ‘भ्रष्टाचारबाट मुक्ति पाउन र सुशासनसहितको समृद्धिका लागि जनताले कांग्रेस र कम्युनिस्टको विकल्प खोज्नैपर्छ ।’


सामाजिक संजालवाट साभार