सहमति अनुसार प्रचण्ड प्रधानमन्त्री : नेता गौतम

१७ जेष्ठ २०७६, शुक्रबार ०५:५८ मा प्रकाशित
उज्यालो संवाददाता

प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले एकताका क्रममा भएको सहमतिअनुसार नै नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् ।

प्युठानमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमति अनुसार प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका हुन् । यदि यसो नभए एकता प्रक्रिया नै बिथोल्न सक्ने उनको अनुमान छ । सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने उनको भनाई थियो ।

‘सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ।’ नेता गौतमले भने ।

सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने कि ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा प्रचण्डले प्राइम टाइम्स टेलिभिजनमार्फत् सार्वजनिक गरेका थिए ।


सामाजिक संजालवाट साभार