धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने

२३ बैशाख २०७६, सोमबार ०२:३९ मा प्रकाशित
उज्यालो संवाददाता

धनगढी । सूदुरपश्चिमबाट काठमाडौं हवाई उडान हुने एक मात्र धनगढी विमानस्थल आइतबादेखि एक महिनका लागि बन्द भएको छ । विमानस्थल बन्दसँगै यस प्रदेशबाट हवाईमार्ग भएर काठमडौं ओहोरदोहोर गर्ने यात्रु समस्यामा परेका छन् ।

काठमाडौंलगायत राम्रा अस्पतालमा उपचार गराउन जानुपर्ने बिरामीलाई सबैभन्दा बढी गाह्रो भएको छ । हृदयघातलगायत केही गम्भीर बिरामीको सूदुरपश्चिममा उपचार उपलब्ध नभएकाले हवाई मार्गमार्फत उपचारका लागि बिरामी काठमाडौं जाने गर्थे । यो समाचार नागरिकमा प्रकाशित रहेको छ ।


सामाजिक संजालवाट साभार