लोक सेवामा सोधिने २० प्रश्न र तिनको उत्तर

१८ बैशाख २०७६, बुधबार १२:३८ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । लोक सेवा आयोगमा परीक्षा दिनेहरुको संख्या दिनदिनै बढिरहेको छ । विद्यार्थीहरुको जिज्ञासालाई ध्यानमा राखी हामीले लोक सेवामा सोधिने २० प्रश्न र तिनको उत्तर प्रकाशित गरेका छौं—सम्पादक ।

(१) नेपालमा पहिलो पर्वतीय खेलकूद महोत्सवको आयोजना कहिले गरिएको थियो ?
उत्तर – वि.सं. २०६९ फागुन १८ देखि चैत्र १८ सम्म

(२) गायक फत्तेमान राजभण्डारीको निधन कहिले भएको थियो ?
उत्तर – वि.सं. २०७० भदौ २५ गते

(३) एक गाउँ एक उत्पादन कार्यक्रमको शुरुवात कुन देशबाट भएको हो ?
उत्तर – जापान

(४) भारतका सम्राट अशोकले लडेको एक मात्र युद्ध कुन हो ?
उत्तर – कलिङको युद्ध

(५) इतिहासको बत्ती भनेर कुन देशलाई चिनिन्छ ?
उत्तर – ग्रीस

(६) नेपालका राष्ट्रिय विभूति अमरसिंह थापाको मृत्यु कुन ठाउँमा भएको थियो ?
उत्तर – गोसाइकुण्ड

(७) विश्व बन्यजन्तु कोषले कसलाई बाघ संरक्षण सद्भावना दूत घोषणा गरेको छ ?
उत्तर – नायक राजेश हमाल

(८) सरकारी कार्यालयमा १२ घण्टे सेवा कहिलेबाट सञ्चालन गर्न शुरु गरिएको हो ?
उत्तर – वि.सं. २०७१ पुस १ गते

(९) नेपाल र चीन बीचको रसुवागढी नाका कहिलेबाट सञ्चालन गरिएको हो ?
उत्तर – वि.सं. २०७१ मंसिर १५ गते

(१०) संघीय प्रणालीअनुसार हाल देशमा स्थानीय तहको संख्या कति छ ?
– ७५३ स्थानीय तह

(११) नेपालको मौद्रिक नीति कसले निर्धारण गर्छ ?
उत्तर – नेपाल राष्ट्र बैंक

(१२) अपेक्षित वृद्धिदर र सामान्य वृद्धिदर गरी दुई प्रकारको लक्ष्य तय भएको आवधिक योजना कुन हो ?
उत्तर – दशौं योजना

(१३) राज्य केन्द्रित अवधारणाबाट नीजि क्षेत्र केन्द्रित अवधारणातर्फ भएको प्रथम योजना कुन हो ?
उत्तर – आठौं योजना

(१४) शिक्षा भावी जीवनको तयारी मात्र होइन, यो त जीवनयापनको प्रक्रिया हो, यो भनाइ कसको हो ?
उत्तर – जोन डिवे

(१५) नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो ?
उत्तर – अक्षराङ्क शिक्षा

(१६) स्वर्गमा स्थान सूरक्षित गर्नका लागि मर्नुभन्दा अगाडि गरिने दान–पूजालाई के भनिन्छ ?
उत्तर – बैतरनी

(१७) पोखरा विश्वविद्यालयको स्थापना कहिले भएको हो ?
उत्तर – वि.सं. २०५४ साल

(१८) सूर्योदयको दृष्यावलोकनको लागि प्रसिद्ध स्थल अन्तुडाँडा कति उचाइमा रहेको छ ?
उत्तर – १६७७ मिटर

(१९) नेपालमा ८५०० मिटरभन्दा बढी उचाई भएको हिमशिखरहरु कति वटा छन् ?
– ३ वटा

(२०) नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचिहरु थिए ?
– १० भाग, ७७ धारा, ३ अनुसूचि


सामाजिक संजालवाट साभार