कोरोनासँगको विश्वको लडाईं – रमेश तिवारी

उज्यालो प्रतिनिधि १६ चैत्र २०७६, आईतवार

आज सिङ्गो विश्व नै कोरोना भाइरससँग सामना गर्न हरबखत प्रयास गर्दैछ। विश्वव्यापी कोरोनाको प्रभाबले गर्दा अहिले विश्व नै पर्ख र हेरको अबस्थामा छ। कोरोना महामारीको विश्व अर्थतन्त्रमा दुरगामी असर परिसकेको छ। परिणाम भयावह हुने निश्चित छ। बिश्वका शक्तिशाली मानिएका र आफुलाइ सर्वमान्य ठान्ने राष्ट्रहरु नै यसबाट बढी प्रभावित छ्न। अमेरिका ,इटाली , स्पेन जस्ता राष्ट्रहरुले कोरोनालाइ मजाक गर्दागर्दै सबैभन्दा बढी संक्रमित देशको सुचिमा पुगेका छ्न।

कोरोना भाइरसको बिश्वव्यापी महामारीले मानिसमा डर, चिन्ता तथा आत्तिने समस्या देखा पर्ने क्रम पनि बढ्दै गइरहेको छ। यसको नियन्त्रणको लागि अहिले बिश्वका स्वास्थ्य क्षेत्रका बिशेषज्ञ तथा बैज्ञानिकहरु हरक्षण लागि परिरहेका छ्न। स्वास्थयकर्मीहरु हाल विश्वमा फैलिएको कोभिड – १९ नामक महामारीको बिरुद्धमा अग्रपंक्तिमा लड्दैगरेका सैनिक हुन। कोभिड-१९ सर्वप्रथम सन् २०१९ को डिसेम्बर महिनामा चिनको वुहान राज्यमा देखिँदा सारा बिश्वले उक्त महामारी विरुद्ध जित हात पार्न चिनले गरेको संघर्ष नियालिरहेका थिए । यसको मतलब नेपाल लगायतका देशहरुलाइ महामारिको विरुद्ध लड्न पुर्व तयारी गर्ने केही समय थियो तर यस महामारीलाई हल्का रुपमा लिनाले अधिकांश पश्चिमी मुलुकले ठूलो जनधनको क्षति बेहोर्नु परिरहेको छ। नेपालमा पनि दिनानुदिन एकपछी अर्को संक्रमितको सङ्ख्या थपिदै छ्न। अत्यन्त राम्रो स्वास्थ्य प्रणाली भएको मुलुकलाई समेत हम्मेहम्मे परेको बेला नेपाल जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको मुलुक झन चनाखो हुनु पर्दथ्यो। सारा बिश्वले अन्तरास्ट्रिय उडान र देशका सिमानामा कडाइ गर्दा नेपालमा भने कोरोना फ्रीजोन भन्दै एकसुरो धुनमा उफ्रिरहनु सारा नेपालिको स्वास्थ्य माथी गरिएको एउटा नमिठो मजाक थियो।

अहिले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले लकडाउन घोषणा गरेको छ। लकडाउनका कारण सम्पुर्ण उधोगधन्दा तथा कलकारखाना बन्द भएका छ्न। जसका कारण धेरै मानिसले रोजगारी गुमाएका छ्न। दैनिकी ज्यालादारी गरेर खानेहरु सबैभन्दा समस्यामा परेका छ्न। जसलाई मध्यनजर गर्दै सरकारले तत्कालै बिशेष राहात प्याकेजको घोषणा गरि कार्यन्यवन गर्नुपर्ने देखिन्छ।

यो बिश्वव्यापी स्वास्थ्य संकटबाट बच्नका लागि एउटै मात्र प्रभावकारी उपया हो , आफैले पुर्णरुपमा सावधानी अपनाउनु। नेपालमा अझै केही बढि संक्रमण फैलिएमा अथवा एकैचोटि धेरैमा यसको संक्रामण देखापरेमा उपचार ब्यबस्थापनका लागि हाम्रो आफ्नो क्षमता निकै कमजोर छ भनेर निजि क्षेत्रका अस्पतालहरुले मात्र होइन , सरकारी चिकित्सकहरुले पनि स्वीकार गरिसकेका छ्न। यस्तो अवस्थामा सरकारले भनेको मानेर हामी आफैले केही न्युनतम सावधानी अपनाउने हो भने यसको बिस्तारलाई फैलनबाट रोक्न सक्छौ। यसमा तेस्तो केही ठुला कुराहरु पनि होइन , साबुनपानीले हात धुने, आफू वरिपरिको बाताबरण स्वच्छ राख्ने, भिडभाडमा नजाने, रुघाखोकी ज्वरोलगायतका लक्षणहरु देखापरेमा सामान्य मौसमी रुघाखोकी हो वा कोभिड -१९ को संकेत हो भन्ने कुरामा चिकित्सकहरुसङ परामर्श लिने, खोक्दा , हाच्छिउं गर्दा टिस्यु पेपरले मुख छोप्ने वा कुहिनाले छोप्ने गर्न सकिन्छ । यी आधारभुत कुराहरू हुन। यस्ता सामान्य सावधानीले यसको बिस्तार रोक्न सकिन्छ।
कोभिड -१९ बाट प्रभावित भएका बिरामी मध्ये ८०% लाई निको भएको तथ्यांक छ। यसबाट ग्रसित ब्याक्तिमा ज्वरो ,थकान तथा सुख्खा खोकी लाग्नु सबैभन्दा सामान्य लक्षणहरु हुन। यो खासगरी मुटुका बिरामी उच्च रक्तचापका, मधुमेहका बिरामी तथा कुनै दीर्घकालीन स्वासप्रस्वास सम्बन्धि समस्या भएका मानिसहरूमा छिटो संक्रामण हुने गरेको पाइएको छ। अहिले सम्म यो बिरामीको कुनै पनि खोप तयार भैसकेको छैन। यस्तो अबस्थामा यो रोगबाट छुटकरा पाउने कुरा भनेको बिरामीको रोग प्रतिरोधक क्षमतामा नै निर्भर गर्दछ।

बिपत्तिको बेला देश एक ढिक्का हुन सक्नुपर्छ। सरकार , प्रतिपक्ष अनि सम्पुर्ण नागरिकले आफ्नो कर्तव्य पालान गर्न सक्नुपर्छ। आम जनता सचेत अनि सक्रिय बन्न जरुरी छ। कोरोना भाइरस नियन्त्रणमा सरकारी प्रयासले मात्रै संभव छैन। तसर्थ सबैले आ-आफ्नो ठाउँबाट साथ दिउ। लकडाउनको पुर्ण पालना गरौं । संक्रमण हुन नदिन अपनाउन पर्ने उपयाहरु अवलम्बन गरौ। स्वास्थ्यकर्मीहरुले बताएका नियम पालना गरौं । सुरक्षीत रहौं। सुरक्षीत बनाउ।।

रमेश तिवारी , अमृत क्याम्पस ,लैनचौर – काठमाडौ ।।
उनी विद्यार्थी नेता हुन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *