काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कोरोना भाइरस (कोभिड–१९) ले गर्न सक्ने क्षतिबारे सरकारलाई ज्ञान नै नभएको टिप्पणी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रमबारे संसदमा आइतबार भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले महामारी नियन्त्रणको पूर्व तयारी गर्न सरकार चुकेको बताएका छन् । उनले भने, ‘यो सरकारलाई कोरोनाले गर्न सक्ने र गरेको क्षतिबारे ज्ञान नै छैन ।’
नीति तथा कार्यक्रम हेर्दा जनताको पीडा बुझ्ने हृदय नै नभएको पाएको उनले सुनाए ।