१०६ औं वि. पी. जन्म जयन्ती वृक्षारोपण गरि मनाए

राजु तामाङ, सर्लाही
भदौ २४ गते मंगलबार।

आज परेको विपीको १०६ औं जन्म जयन्ती जिल्लामा विभिन्न कार्यक्रम गरि मनाएको छ। सर्लाहीको हरिवन ८ मा रहेको श्री महादेव जनता नमुना उच्च माविको हरिवन ८ कौवामै रहेको विद्यालयको जग्गामा वृक्षारोपण गरि विपीको जन्मोत्सव मनाएको हो।

नेपाली कंग्रेस हरिवन नगरकमिटीले १०६ वटा जातका विभिन्न बिरुवा रोप्दै जन्म जयन्ती मनाएका हुन
विपीको तस्बिरमा माल्यार्पण गर्दै पार्टीका विभिन्न नेताले ३ मिनेट मौन धारण गरेका थिए। दोस्रो चरणको जनजागरण अभियानको पनि आजै जिल्लामा उद्घाटन गर्दै मनाएको नेपाली कांग्रेस जिल्ला सह सचिव डोर प्रसाद भट्टराईले जानकारी दिनु भयो।

कार्यक्रममा महासमिति सदस्य खड्ग बहादुर कार्की अर्का सदस्य शेर बहादुर योञ्जन केन्द्रीय सभापति कर्ण बहादुर कार्की महिला नेतृ सोनी कुमारी बोम्जन हरिवन नगरसभापति रामशरण उप्रेती बागमती नगरसभा दिपक कुमार रानाभाट, निरज कार्की लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया