हङकङको विमानस्थमा प्रदर्शनकारीको भिड, सबै उडान रद्द

काठमाडौँ । हङकङमा प्रदर्शनकारीहरुले विमानस्थलबाट विरोध गर्दा सबै उडान रद्द गरिएको छ । सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा विरोद्ध प्रदर्शन गरेको हो ।

पछिल्लो समय प्रहरीले केही प्रदर्शकारीलाई प्रक्राउ गरेपछि आन्दोलन चर्किन थालेको थियो । प्रदर्शनकारीहरुको भीडले विमानस्थल नै भरिएपछि सबै उडान रद्द गरिएका हुन् ।

प्रदर्शनकारीले विमास्थलको आगमन र प्रस्थानतर्फका टर्मिनलमा नै विरोध जनाएको थियो । केही दिनअघि आन्दोलन बढ्दै जाँदा प्रदर्शनकारीहरूले हङकङस्थित चीन सरकारको सम्पर्क कार्यालयमा तोडफोड गरिदिएका थिए ।

आफ्ना मागप्रति अन्तर्राष्ट्रिय समर्थन जुटाउन भन्दै प्रदर्शनकारीले शुक्रबारदेखि विमानस्थलमा विरोध सुरु गरेका थिए ।

प्रतिक्रिया