सेमसाङ वाइबाको मर्मस्पर्शी गजल

झुपडी छ खरको घर टाल्ने भए आउ
फु-फु गर्दै घरको चुलो बाल्ने भए आउ

गाई बाख्रा चराउदै जङ्गलमा दिनभरी
रमाउदै तिन्लाइ सधैं, पाल्ने भए आउ

फुर्सद हुन्न गाउँमा सजिनलाइ शहरमा झै
हिलो धुलो गाइको गोबर फाल्ने भए आउ

उब्जाउनु पर्छ अन्न खुब मेहनत गरि
जोतौला हलो तिमी बीउ हाल्ने भए आउ

प्रतिक्रिया