सुनको मूल्यमा गिरावट

साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा रु ५०० ले गिरावट आएको छ ।

शुक्रबार तोलामा ७२ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ५०० घटेर ७१ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन आइतबार ७१ हजार २०० मा कारोबार भएको छ ।

चाँदी भने तोलामा रु १५ ले घटेर तोलामा रु ८८५ मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया