सावित्रीको ह्याटि्रक,नेपाल ६-२ गोलले अघि

नादेझ्दा कप अन्तरगत पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानको गोल पोस्टमा गोलको बर्षा गरेको छ ।पहिलो हाफ नेपाल ६-२ गोलले अगाडि रहेको छ ।

स्ट्राइकर सावित्री भन्डारीको ह्याटि्रक सँगै नेपालले आयोजक किर्गिस्तानलाई नै स्तब्ध बनाइरहेको छ । खेलको पहिलो चौथो मिनेटमै सावित्रीले नेपाललाई अग्रता दिलाए,यस्तै उनिले १५ औं मिनेटमा गोल गरिन् । १९ औं मिनेटमा किर्गिस्तानले गोल फर्कायो र त्यसलगत्तै २२ औं मिनेटमा खेल बराबरी ल्यायो ।त्यसको ३ मिनेटपछि २५ औं मिनेटमा दिपा राइले नेपालको गोल संख्या ३ बनाइन् ।

३० औं मिनेटमा सावित्रीले आफ्नो व्यक्तिगत तेश्रो गोल गरिन् ।अनिता बस्नेत र निरु थापाले क्रमशः ३४ र ३७ औं मिनेटमा गोल गरि नेपाललाई ६-२ गोलको अग्रता बनाए ।

प्रतिक्रिया