संचारकर्मी एंव गीतकार हरिराम पौडेलको गीतसंग्रह ‘मेरो खुसी मेरो चाह’ बजारमा

विवेक लोप्चन
साउन १३,काठमाण्डौ ।
चर्चित संचारकर्मी, पत्रकार तथा गीतकार हरिराम पौडेलको गीतसंग्रह ‘मेरो खुसी मेरो चाह’ बजारमा आएको छ ।

राजधानिमा पत्रकार सम्मेलन गर्दै पौडेलले गीती सङग्रह बजारमा ल्याएका हुन । आफुले गीती सङग्रह बजारमा ल्याउदा निकै खुशी रहेको समेत बताए ।

‘मेरो खुसी मेरो चाह’ संग्रहमा गीतकार पौडेलले दुई–दशकयता सिर्जना गरेका ६४ वटा गीत समाबेश गरिएका छन भने अधिकतम गीतहरू प्रेम र पीडा–भावको सेरोफेरोमा रचना गरिएका छन् । लिस्नर्स क्लव नेपालको आयोजनामा आयोजित उक्त लोकार्पण कार्यक्रममा नेपाली गीत संगीत क्षेत्रका चर्चित व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

रेडियो सिटी ९८८ मा कार्यक्रम प्रस्तोताको रुपमा चर्चा बटुलेका पौडेल समाजसेवी,अधिबक्ता,गीतकार एंव बहुआयामिक व्यक्तित्व हुन ।

प्रतिक्रिया