विश्वकै लामो गीत गाएर विश्व रेकर्ड राख्ने लक्षु प्रकाश मल्ल सम्मानित

भाद्र २२,पर्वत । पर्बत बजुङ्ग काेटेस्वरि महिला समुहले आयोजना गरेकाे साङ्गितिक कार्यक्रममा विश्वकै लामो गीत गाएर विश्व रेकर्ड राखेका लक्षु प्रकाश मल्ललाई सम्मान गरेको छ ।
आफुलाई साङ्गितिक यात्रामा थप हौसला र जिम्मेवारि थपेको महशुस भएको मल्लले बताए । साङ्गितिक क्षेत्रमा तहल्का पिट्ने गीत उनले बजारमा ल्याउने गरेका छन । करिब १ बढी गीत मल्लले ल्याइसकेका छन भने अझै ल्याउने तयारिमा छन ।

राजकुमार रायमाझी, मुना राेका र लक्षु प्रकाश मल्ल तीन जनालाई साङगितिक क्षेत्रमा आफ्नो जिल्लाको नाम राख्न सफल र गायनमा थप हौसला प्रदान गर्न सम्मान गरेको आयोजकअले उज्यालो नेट्वर्कलाई बताए । सङ्गिता मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानइयवासी,बुद्धिजिवी,सरोकारवाला,समाजसेवी,कलाकार एंव पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया