‘लोकसेवाको विज्ञापन समावेशी समानुपातिक छैन, दादागिरी छाड्नुस्, तुरुन्त सच्याउनुस्’

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले स्थानीय तह सेवा ऐन अन्तर्गत् लोकसेवा आयोगले हालै निकालेको विज्ञापन समावेशी समानुपाति नभएको बताउँदै तुरुन्त सच्याउन माग गरेका छन् ।

लोकसेवाले संविधानको मान्यता र मर्मविपरीत विज्ञापन गरेको भन्दै उनले त्यसलाई सच्याउन माग गरेका हुन् । मंगलबार बजेटमाथि भइरहेको छलफलमा संसदमा छलफल गर्दै उनले विज्ञापनलाई पूर्ण समानुपातिक समावेशिताको आधारमा पुन : सुचना निकाल्नुपर्ने बताएका हुन् । लोकसेवाले हाल निकालेको विज्ञापन परवर्तन विरोधी भएको उनको भनाई छ ।

संसद्मा लोकसेवाको विज्ञापनबारे महतोले भनेका छन्,
संविधानलाई असफल बनाउनेतर्फ सरकार अगाडि बढेको, प्राप्त उपलब्धि पालैपालो खोस्ने, समावेशी समानुपातिक प्रतिनिधित्वको लागि लडाइ लडेको, संविधानमा व्यवस्था भएको, कर्मचारी भर्ती गर्दा समावेशी गरेन, अहिले भर्खर लोकसेवाको विज्ञापन गरिएको छ, त्यसमा समावेशी हरायो, पछाडि धकेलेको होइन, प्रतिगमनतिर गएको होइन, संवैधानिक व्यवस्थाो उल्टो काम अंगले गरेको होइन ? हेर्दाहेर्दै सारा उपलब्धि गुम्ने हो कि ? सरकार के हेरेर बसेको ? कस्तो नियम बनाएको ?

समावेशी नहुने गरी लोकसेवा निकालेको सुचना बन्द गर्नुपर्छ, सच्याएर काम गरोस्, अन्यथा लहरो तान्दा पहरो जान्छ, दादागिरी नगर्नुस्, केपी ओली प्रवृत्ति छाड्नुस्, जनताले प्राप्त गरेको उपलब्धि गुम्न र खोस्न मिल्दैन ।

प्रतिक्रिया