लिभरपुलका गोलकिपर एलिसन चोटग्रष्त केही साता मैदान बाहिर

२८ साउन, काठमाडौं । नयाँ सिजनअन्तर्गत शनिबार नर्विच सिटीविरुद्ध भएको खेलमा चोटग्रष्त हुन पुगेका लिभरपुलका गोलकिपर एलिसन बेकर केही साता मैदान बाहिर रहने भएका छन् ।

लिभरपुलले ४–१ गोलअन्तरले जित हात पारेको खेलमा उनी ३९औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले पिडुलामा चोट बोकेका कारण गोलकिपर एलिसन केही साता मैदान बाहिर रहने बताएका हुन् ।

प्रतिक्रिया