रवि लामिछानेसहित ३ जनालाई अदालत लगियो, म्याद थप गर्ने

चितवन । पत्रकार रवि लामिछानेसहित तिन जनालाई जिल्ला अदालत पेश गरिएको छ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज (मंगलबार) जिल्ला अदालत चितवनमा पेश गरिएको हो ।

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणसँग जोडिएका लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अहिले चितवन प्रहरीको हिरासतमा रहेका छन् ।

चितवन प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयमा रहेका उनीहरुलाई थप अनुसन्धानका लागि म्याद थप गर्ने गरी अदालत लगिएको हो ।

प्रतिक्रिया