युनियन लाइफ इन्स्योरेन्सले एक वर्षमा आर्जन गर्‍यो, ३ अर्ब ६ करोड बीमा शुल्क

काठमाडौं । जीवन बिमा कम्पनीको क्षेत्रमा आफ्नै छुट्टै स्थान हासिल गर्न सफल युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७५/०७६ को चौथो चौमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बजारमा छोटो समयमै स्थापित् हुन सफल यस कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार यस चौमासमा युनियनले ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । जसमा यस अवधिमा कम्पनीले २ अर्ब ९५ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको जगेडा कोष १११ प्रतिशतले वृद्धि हुँदै १६ करोड ९६ लाख पुगेको छ भने जीवन बीमाकोषमा ४३१ प्रतिशतको वृद्धि देखिएको छ। कम्पनीको जीवन बीमा कोषमा २ अर्ब १२ करोड रुपैयाँ संचित रहेको छ । कम्पनीले आर्थिक वर्ष ७५र७६ मा ९ करोड ९३ लाख खुद नाफा गरेको छ।

प्रतिक्रिया