म बिरामी होइन, मलाई अबको २०/२५ वर्षसम्म केही हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको २०/२५ वर्षसम्म आफूलाई केही नहुने बताएका छन् । सिंगापुर उपचारको क्रममा आफूलाई डाक्टरले भनेको कुरालाई उदृत गर्दै शुक्रबार बिहान भेट गर्न आएका झापा ५ नं निर्वाचन क्षेत्रका नेता कार्यकर्ताहरुसँग भने, गत हप्ता सिंगापुरमा आँखा,कान,घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठिक छ भनेका छन् । अब २०–२५ बर्ष केही हुँदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।’

प्रधानमन्त्री ओलीले आफू १५ बर्ष अघि बिरामी भएको र १२ बर्ष अघि मृगौला प्रत्यारोपण गरेको स्मरण गरे । ‘म अहिले होइन ,१५ बर्ष अघि विरामी थिंए । १२ बर्ष अघि मृगौला प्रत्यारोपण गरेको हुँ । त्यही कहानीलाई अहिले प्रचार गरिएको छ ।’ उनले भने ।

भरिभराऊ बैठक कक्षमा प्रसन्न मुद्रामा प्रवेश गरेका उनले सोधे, ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो ? म ठीक छु ।’

प्रतिक्रिया