म्यानमारमा दोहोरो भिडन्त, १४ को मृत्यु

म्यानमार । म्यानमारका सुरक्षाकर्मीहरु रहेको ठाउँमा विद्रोही समूहले गरेको सशक्त आक्रमणमा परी १४ जनाको मृत्यु भएको छ ।

विद्रोहीले आक्रमण गरेपछि बिहीबार सैनिकहरुले पनि प्रतिवाद गर्दा दोहोरो भिडन्त भएको म्यानमारको प्रहरीले जानकारी दिएको छ । सैनिक प्रतिष्ठानमा रहेका सुरक्षाकर्मीहरुलाई विद्रोहीहरुले लगातार आक्रमण गरेका बताइएको छ ।

म्यानमारमा आदिवासी जनजातीहरूको विद्रोही समूहले एक दशकदेखि सरकारी सुरक्षाकर्मीविरुद्ध समयसमयमा आक्रमण गर्दै आइरहेको छ । बिहीबारको आक्रमण पर्यटकीय क्षेत्रको रुपमा चिनिने मण्डलेय नजिकैको ठाँउमा भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया