मैथिली गायक सरोज सन्तःमैथिली गायन क्षेत्रमा अब्बल हुदै

गणेश कुमार ठाकुर
सिरहा,श्रावण २३ गते ।

आमा राधा देवी सन्तको काख बाट जन्म लिएको सरोज सन्त आज मैथिली गायन क्षेत्रमा निकै अब्बल हुन सफल भएको छ ।
सन्तका अनुसार आफुले अध्ययन गरिरहेको स्कुलमा कक्षा ७ देखि नै शुक्रबार को दिन हुने स्कुलको साप्ताहिक मनोरंजन कार्यक्रममा भाग लिएर गीत गाएर सबैलाई झुमाउदै र पुरस्कारहरु पनि जित्दै सम्पूर्ण गुरु, सिक्षकगण र अभिभावकहरुको मन मुटु मा बस्न सफल भएको थिए ।
आफुलाई अझ प्रभावकारी बनाउन रेडियो स्टेसनहरुमा फोन गरेर गीत् गाएर्र सुनाएर धेरै पुरुस्कारहरु पनि गायनमा प्राप्त गरेर आफ्नो क्षेत्र लाइ पनि कब्जा गरेका थिए ।
क्ीऋ पास गरे पछि मिसन क्याम्पस राजबिराज बाट उनले +१२ पास गरेर सङीत शिख्न सप्तरी कल्ला कुन्ज पुगे कला केन्द्रमा उनलाई गुरु बिरेन्द्र बिस्वकर्माले संगीत सिकाउनमा मदत गरे ।

सङीत र आफ्नो पढाइ लाइ पनि निरन्तर दिदै राजविराज बाट सखी एफ .एम . १०६.४ मेगाहर्ज मा काम गर्न थालेका थिए ।
एफ.एममा एक बर्ष काम गरे पछि उनि बि. एड. पढ्न लहान आए , लहान आए पछि पुन उनी रेडियो सरगम ९३ मेगाहर्जमा उनि काम पाए । सन्तका अनुसार रेडियो सरगममा रेडियो निर्देसक फिरोज सेखले उनलाई अगाडी बढ्न धेरै नै मदत गरेको उनले बताए ।

प्रतिक्रिया