माधव नेपालले स्वास्थ्यलाभको शुभकामना दिँदा ओलीले भने, ‘तपाईको शुभकामना चाहिँदैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सचिवालय बैठकमा भनाभन भएको छ । नेपालले ७ बुँदे नोट अफ डिसेन्ट बुझाएपछि नेपालसँग ओली असन्तुष्ट थिए ।

यसै सिलसिलामा बिहीबारको बैठकमा नेता नेपालले प्रधानमन्त्री समेत रहेका ओलीलाई स्वास्थ्यलाभको कामना गरेका थिए । नेता नेपालका अनुसार उनले स्वास्थ्यलाभको कामना गर्दै शुभकामना दिँदा प्रधानमन्त्रीले तपाईँको शुभकामना चाहिँदैन भनेर जवाफ फर्काएका थिए ।

‘तपाईँको इच्छा के हो भन्ने पनि मलाई थाहा छ, तपाईँले शुभकामना नदिँदैमा केही हुन्न’ ओलीले नेपालसँग भनेका थिए ।

‘बैठकमा मैले उहाँलाई तपाई उपचारका लागि आज जादै हुनुहुन्छ, स्वास्थ्यलाभको कामना गर्छु, निको भएर आउनुहोस भनेँ । तर उहाँले तपाईको शुभकामना मलाई चाहिँदैन भनेर तल्लो तहमा उत्रिएर प्रस्तुत हुनुभयो ।’ नेता नेपालले भने ।

प्रतिक्रिया