भारतको केरालमा आएको बाढीमा परि २० को मृत्यु

एजेन्सी । भारी वर्षाका कारण भारतको दक्षिण राज्य केरलामा आएको बाढीमा परी कम्तीमा २० को मृत्यु भएको छ भने धेरैजना बेपत्ता छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएको बताएको छ ।

वर्षाका कारण केरलमा सबै विद्यालय शुक्रवार बन्द गरिएका छन् । बढीको प्रकोपबाट घरबारबिहीन भएका व्यक्तिहरुको लागि देशभरी ३ सय १५ ओटा उद्धार शिवीरहरु खोलिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया