पेमाको निर्देशनमा ‘बादल झैँ’ युट्युवमार्फत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । कलाकार पेमा ग्याबा तामाङ ‘गोफ्ले’को निर्देशनमा ‘बादल झैँ’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । उक्त गीतको भिडियो अगर अर्ट हप तथा कलिउड प्रोडक्सनको युट्युवमार्फत सार्वजानिक गरेको हो । तामाङ कमेडी टेलिसिरियल ‘भो त अब’को इपिसोड निर्देशक तथा चर्चित कमेडियनको साथै कमेडी डान्सर पनि हुन् ।

बादला झैँ’ बोलको गीतमा रेश्मी मगरको स्वर रहेकी छिन् । गीतको म्युजिक भिडियोमा गायिक मगर आफै नै मोडलको रुपमा रहेकी छिन् भने भिडियोमा उनलाई मोडल पुष्प ग्याबा तामाङले साथ दिएको छ । गीतको शब्द तथा संगित मण्डल सम्पङको रहेको छ ।

निर्देशक तामाङको म्युजिक भिडियोलाई शौखिन तिमल्सिनाले सम्पदान गरेको हुन्, भने अनिल चौधारीले कोरियोग्राफर र देवेश राईले एरेन्ज गरेका छन् । त्यस्तै ड्रोनमा विनोद लामाले साथ दिएको छ ।

बादला झैँ’ गीतको म्युजिक भिडियोको संगीत बजारमा राम्रै चर्चा भएको छन् भने प्रतिक्रिया पनि राम्रो पाइरहेका छन् ।

भिडियो

प्रतिक्रिया