पुण्य माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण

शिखर चिमौरिया/काभ्रे ।
काभ्रेको पनौती नगरपालिका वडा नं. ७ मा रहेको पुण्य मा.विका २ सय ५० जना विद्यार्थीहरूका लागि ट्रयाक सुट बितरण गरिएको छ । दिपलक्ष्मी एग्रीगेट एण्ड माईनिङ् प्रा.लि.का प्रोपाईटर समेत रहेका यूवा व्यवसायि समाजसेवी प्रदिप बोगटीले विद्यार्थीहरूका लागि बिहिवार स्कुल प्रांगणमा नै एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुका लागि ट्रयाकसुट वितरण गरेका हुन् ।

‘मेरो सानो सहयोगले कसैको जीवनमा परिवर्तन हुन्छ भने त्यो मैले किन नगर्ने भन्ने सोच भएपछि मैले यो सहयोग गरेको हुँ’ सहयोग हस्तारण गरेका समाजसेवी बोगटी भन्छन्, ‘धन नै ठूलो होइन भन्दै मन भयो भने धनले केही गदैन । धन भनेको आज छ भोलि कहाँ पुग्छ । त्यसैले मैले व्यवसायीबाट कमाएको केही रकम यसभन्दा अघि पनि हरेक विद्यालयमा सहयोग गर्दै आएको छु ।’

विद्यालयकी प्रध्यानाध्यापक सरस्वती कणेलले आफ्नो कार्यकालमा विद्यार्थीको शैक्षिक गुणस्तर सुधारदेखि विद्यालयको हरेक बिषयहरू भौतिक पूर्वाधारदेखि सामाजिक, साँस्कृतिक पक्षसँग जोडिएर रहेको हरेक व्यवस्थापनका विबषयमा सूधार गर्न आफू चौबिसै घण्टा मेहेनत गरिरहेको बताएकी छिन् । उनले त्यसको लागि आफूहरूलाई विभिन्न निकायहरूबाट सहयोग गरिरहेको बताएकी छिन् ।

कार्यक्रममा प्रमूख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले आफूले हिजो बाल्यकालमा यसै विद्यालयबाट शिक्षा लिएको सम्झना गदै आजका यी भाईबहिनी भोलिका कर्णधार हुन् त्यसैले शिक्षा बाट कोही पनि बञ्चित हुन नपरो । शिक्षा क्षेत्रमा नीति राम्रो बनेको र विद्यार्थी पढ्न सक्ने भएको भए पनि केही गर्न आँटे त्यो चाही नसक्नु भनेको शैक्षिक प्रणाली र सिकिरहेको शिक्षालाई परिमार्जित गर्नु आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा संविधान सभा सदस्य तिर्थ लामा, वडा नै ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानी, रमेश हुमागाई , रामशरण भण्डारी , तिर्थ पसखल, समाजसेवी एवं पनौती नगर विकास समितिका पूर्व अध्यक्ष रामकुमार बस्नेत लगायतले स्कुल र शिक्षा बारे समसामयिक शिक्षाको प्रणली र गुणस्तरीय शिक्षाको सवालमा व्यवस्थापन जरुरी रहेको तर्क गरेका थिए ।

कार्यक्रममा विद्यालय विपस्थापन समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ट्रयाकसुट वितरणको सहजिकरण समाजसेवी जन्नगनाथ गिरीले गरेका थिए ।

प्रतिक्रिया