पहिरोले सभाखोला थुनियो, खतरामा स्थानीय बजार

file photo

संखुवासभा । सभापोखरी गाउँपालिकामा रहेको सभाखोलामा पहिरो खस्दा पानी थुनिएको छ । बुधबार दिउँसो वर्षासँगै आएको पहिरोले सभाखोला थुनिएपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा परेको हो ।

सभापोखरी गाउँपालिकाको–४ र ६ वडाको बिचमा रहेको फास्सीबुकमा पहिरोले सभाखोलामा करिब ३०० मिटर लामो ताल बनेका छन् । वडा–६का अध्यक्ष विकास पौडेलका अनुसार बुधबार दिउँसो २ बजेतिर पहिरो खसेको थियो।

तीन दिनदेखि अविरल वर्षा भइरहेकाले यस क्षेत्रमा पहिरो झरिरहेको छ । अविरल वर्षाका कारणले सञ्चार सम्पर्क गर्न समेत मुस्किल रहेको छ ।

पहिरोले ताल बनाएका कारण गाउँपालिका केन्द्र रहेको बाह्रविसे बजार र खोला किनारका बस्ती उच्च जोखिममा परेको उनले बताए । बाजार क्षेत्रका करिब १०० घर उच्च जोखिम रहेको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट एकदिन टाढा पूर्वमा पर्दछ । त्यस क्षेत्रमा वर्षा नरोकिएकाले घटनाको थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया