पर्यटनमन्त्री भट्टराई भन्छन्, ‘अबको ५ वर्षभित्र निजगढ अन्तरराष्ट्रिय विमानस्थल तयार हुनेछ’

भदौ, २५ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अबको ५ वर्षभित्र निजगढ अन्तरराष्ट्रिय विमानस्थल तयार हुने बताएका छन् ।

निजगढ अन्तरराष्ट्रिय विमानस्थलका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको बताउदै यस्तो बताएका हुन् । नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री भट्टराईले नेपालका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकैठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको दावी गरे ।

निकट भविष्यमै २ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भन्दै नेपालमा हवाइ यात्रुहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको बताएका छन् ।

प्रतिक्रिया