नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) ४ बजे चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।

गत शुक्रबारदेखि मौद्रिक नीतिको अन्तिम तयारीको छलफलमा जुटेको राष्ट्र बैंकले बुधबार बिहानमात्रै सहमति जुटाउन सकेको हो। राष्ट्र बैंकमा प्रवेश गरेसँगै बैंकहरूको संख्या घटाउने नीतिमा लागेका गभर्न डा. चिरञ्जीवी नेपालले त्यसका लागि प्रोत्साहन पुग्ने गरी चालु वर्षको मौद्रिक नीति ल्याउन थालेका हुन्।

उनले २०७१ सालमा वाणिज्य बैंकहरूको संख्या घटाउन चुक्ता पुँजी वृद्धिको योजना अघि सारेका थिए। तर चुक्ता पुँजी वृद्धि भएपनि बैंकको संख्या घट्न नसकेपछि प्रोत्साहनको बाटो रोजिएको जनाइएको छ। बिग मर्जरका लागि आकर्षक सहुलियत प्याकेज घोषणा गरिन थालेको राष्ट्र बैंक स्रोतले जनाएको छ।

 

प्रतिक्रिया