नादेझ्दा कप: नेपालले आयोजक किर्गिस्तानसँग भिड्दै

नादेझ्दा कप फूटबल प्रतियोगिता अन्तर्गत आज नेपाली महिला राष्ट्रिय फूटबल टोलिले आयोजक किर्गिस्तानसँग भिड्दै छ । खेल आज नेपाली समयानुसार दिउँसो ३र ४५ बजेबाट हुनेछ ।

नादेझ्दा कपमा नेपालसहित आयोजक किर्गिस्तान,उज्जेकिस्तान,ताजिकिस्तान सहभागी छन् । आज नेपालले आयोजक किर्गिस्तानको सामना गर्दैछ भने भोलि उज्जेकिस्तान र पर्सि ताजिकिस्तानसँग खेल्नेछ ।

राउन्ड रोविनको आधारमा हुने उक्त प्रतियोगितामा शीर्ष २ टोलीले भदौ २६ गते उपाधीका लागि फाइनलमा भिड्नेछन् । मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका रुपमा यो प्रतियोगितालाई हेरिएको छ ।

नेपाली महिला राष्ट्रिय टोलीस्
१.एन्जिला तुम्बापो सुब्बा
२.न्जना राना मगर
३.पुनम जर्घामगर
४. हिरा कुमार भुजेल
५. अमृता जैशी
६.पा राई
७.रेनुका नगरकोटे
८.अनिता बस्नेत
९।.न्जली कुमारी योञ्जन
१०.सरु लिम्बु
११.सावित्रा भण्डारी
१२.रु थापा
१३।रेखा पौडेल
१४।अनिता केसी
१५.गिता राना
१६.कबिता धिमाल
१७.विमला चौधरी
१८.इन्दिरा राई
अफिसियलस्
प्रशिक्षक – हरि खड्का
सहायक प्रशिक्षक – अरुणा गुरुङ
गोलरक्षक प्रशिक्षक – अस्मिता खवास
फिजियोथेरापीस्ट – नविना श्रेष्ठ
टिम डाक्टर – राजु डंगोल महर्जन
व्यवस्थापक – पेमा लामा

प्रतिक्रिया