द रककी छोरी सिमाने जोनसोन पनि अब रिंगमा कदम राख्ने तयारीमा

हलिउडका सर्वाधिक महँगा नायकमध्येका एक एवं WWE का रेसलर ड्वेन जनसन उर्फ द रककी छोरी सिमाने जोनसोन पनि अब रिंगमा कदम राख्ने तयारीमा छिन् । पछिल्लो एक वर्षदेखि सिमोन जोनसोनको WWE परफर्मेन्स सेन्टरमा ट्रेनिङ चलिरहेको छ ।

द रककी छोरी सिमोन जोनसन आफ्नो परिवारबाट चौथो पीढीकी रेस्लर बन्ने तयारीमा छिन् । सिमोन जोनसन १७ वर्षकी हुन् र यो १४ अगस्टमा उनी १८ वर्ष पुग्नेछिन् ।

यद्यपि, उनले १६ वर्षको उमेरदेखि नै तालिम लिइरहेकी छिन् तर अब उनी पूर्ण रुपमा रेसलिङको दुनियाँमा कदम राख्नका लागि तयार छिन् ।

सिमोन जोनसनले एक अन्तरवार्तामा उनी ९–१० वर्षको उमेरदेखि नै रेस्लिङको दुनियाँमा आउन चाहेको खुलासा गरेकी थिइन् । आफू सधैं नै रेस्लर बन्न चाहेको उनले बताइन् ।

प्रतिक्रिया