दोस्रो खेलमा बराबरीमा रोकियो चेल्सी

इङ्लिस प्रिमियर लिगको बलियो टोली चेल्सी दोस्रो खेलमा लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

यससिजन खराव नतिजाबाट सुरुवात गरेको चेल्सीले आइतबार राति भएको दोस्रो खेलमा पनि सुरुवाती अग्रता जोगाउन सकेन । चेल्सी लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० गोलले पराजित भएको थियो ।

घरेलु मैदानमा चेल्सीले सातौं मिनेटमै अग्रता लिएको थियो । चेल्सीका मसोन माउन्टले सुरुवाती गोल गरेका थिए । लेस्टर सिटीले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो ।

६७औं मिनेटमा लेस्टरका विल्फ्रेड एनडीडीले बराबरी गोल गरेका थिए । बराबरीसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन् ।

प्रतिक्रिया