दिपक मनाङ्गेको लगानिमा बनेको ‘पोइ पर्यो काले’को शीर्ष गीत सार्वजानिक (भिडियो)

काठमाडौं –शिशिर राणाको निर्देशन रहेको फिल्म ‘पोइ पर्यो काले’ को शीर्ष गीत सार्वजनिक भएको छ ।

गीतमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा, श्रृष्टि श्रेष्ठ लगायतको नृत्य देख्न सकिन्छ । भब्य सेटका बीच छायाँकन भएको यो गीत बालाजुको नेपाल चलचित्र विकास कम्पनीको प्राङ्गणमा खिचिएको हो । जसको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

निर्देशक राणाकै लेखन रहेको फिल्म किरण नेपालीको प्रस्तुतिमा राजिव गुरुङ (दिपक मनाङ्गे) र सरोज नेपालीको लगानीमा बनेको हो । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । यस फिल्मको मूल कथा अभिनेता सौगातको वरिपरि घुमेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायाँकन रहेको गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर र नृपेश उप्रेतीको शब्द रहेको गीत बुढासुब्बा म्युजिकको युट्युव मार्फत सार्वजनिक भएको हो ।

फिल्म भने ८ कार्तिकबाट प्रदर्शनमा आउने निर्माण युनिटले जानकारी दियो ।

भिडियो

प्रतिक्रिया