तिमिलाई नसम्झेकाे पल खालि छैन सेमसाङ वाइबा (गजल)

तिमिलाई नसम्झेकाे पल खालि छैन
साचै माया गर्छु याे मन जालि छैन।

अडिक छु तिम्राे मायाकाे समर्पणमा
तिमिलाई छाेडि अन्तै माया थाली छैन।

घामलाई छेक्दैन पलभर काे बादलुले
याे मुटु छामि हेर सुकेकाे डाली छैन ।

तिमी संगै जित मेराे तिमी संगै छ खुसि
बिश्वास गर बिछाेडमा बज्ने तालि छैन।

सेमसाङ वाइबा,काभ्रेपलान्चोक ।

प्रतिक्रिया